प्रमुख जिल्ला अधिकारीद्वारा निरीक्षण तथा निर्देशन

Spread the love

प्रमुख जिल्ला अधिकारी आसमान तामाङग र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक.राजकुमार बैदवारद्वारा जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट‚ कार्यालय परिसर सरसफाई‚ विभिन्न शाखाहरु कन्ट्रोल‚ अपराध अनुसन्धान शाखा‚ हिरासत कक्ष‚ आर्थिक प्रशासन शाखा‚ प्रशासन‚ जिन्सी‚ संचार‚ बिशेष/कार्य‚ महिला तथा बालबालिका सेवा केन्द्र‚ सामुदायिक शाखा‚ क्यान्टिन‚ मेश‚ व्यारेक लगायतको निरीक्षण गर्नु भएको ।

साथै निरीक्षण कार्यक्रम पश्चाात जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्र.उ.राजकुमार वैदवारले जिल्लाको बस्तु स्थितीवारे प्रस्तुतिकरण गर्नु भएको थियो र प्रमुख जिल्ला अधिकारीज्यूले उपस्थित प्रहरी अधिकृत तथा जवान प्रहरी कर्मचारीहरुलाई कार्य क्षेत्रमा अझ बढी मनोबलका साथ काम कारवाही गर्न हुन भनि अमुल्य निर्देशन समेत दिनु भएको थियो । उक्त कार्यक्रममा नेपाली सेना देविदत्त गण धादिङवेशी‚ राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल धादिङवेशीका प्रमुख तथा प्रतिनिधीहरु समेत उपस्थिती रहनु भएको थियो ।

कार्यक्रम पश्चात प्रमुख जिल्ला अधिकारी श्री अस्मान तामाङज्यू र प्रहरी उपरीक्षक राजकुमार बैदवारबाट निमार्ण सम्पन्न टेबल टेनिस बोर्ड उद्घाटन समेत गर्नु भएको जिल्ला प्रहरी कार्यलय धादिङ्गका का सुचना अधिकारिले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *