तयारी पाेशाक एडभान्स सिलाई कटाई तालिमकाे समापन

Spread the love

भरतपुर १२ काे मागकाे आधारमा वाणिज्य कार्यालय आयाेजना र सफल भविष्य प्रा लि काे समन्वयमा तयारी पाेसाक एडभान्स सिलाई तालिम समापन भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगर पालिका वडा नं १२का वडा अध्यक्ष समाजसेवि दानविर प्रतिभासालि व्यक्तित्व लेखराज पन्तले तालिमका सहभागिलाई सम्बाेधन गर्नु हुँदै सिकेेकाे सिपलाई व्यवहारमा ल्याउन आग्रह गर्नु भयाे । तपाईहरूकाे सहजिकरण काे लागि प्रबिधिमा ५० % अनुदान ब्यवस्था गर्न हामी पहल गर्ने छाै तर व्यवसाय दर्ता भने अनिवार्य रहेको बताउनुभयो । वडा सदस्य जमुना ढुङ्गानाले हामी सिङ्गाे वडा टिम ब्यवसायिक लाई सहयोग गर्न तयार छाै भनी सहभागिलाई सम्बाेधन गर्नु भयाे । सफल भविस्य प्रा लि प्रशिक्षक विद्या श्रेष्ठले तालिम अवधिकाे प्रतिबेदन प्रस्तुत गर्नु भएकाे थियाे । अतिथि मानव अधिकार शान्ति समाज चितवनका सदस्य ,चितवन बारका सदस्य ,अधिवत्ता ,चिरफार खवरका सह सम्पादक पुर्ण चन्द्र चापागाईले तालिमका सहभागिलाई बधाई तथा शुभकामना दिनु भयाे । उद्योग वाणिज्य कार्यालय चितवनका तालिम शाखा प्रमुख नारायण प्रसाद खनाल ज्युले सहभागीलाई शुभकामना दिदै सबैलाई ब्यावसाय गर्न अनुराेध गर्नु भयाे । उद्योग वागिज्य कार्यलयका लेखा प्रमुख राजेन्द्र कुमाल प्रशासन ना सु कृष्ण कुमारि श्रेष्ठ, सामुदायिक प्रशिक्षक अम्बिका रिजाल ले तालिमका सहभागिलाई शुभकामना दिनु भयाे । सहभागिलाई सम्बाेधन गर्नु हुँदै उद्योग वाणिज्य कार्यलय चितवनका कार्यलय प्रमुख धिरेन्द्र प्रसाद पाेख्रेल ज्यु ले सबैलाई शुभकामना दिनु हुँदै अब व्यवसाय गर्न अघि बढेमा मात्र जीवन स्तर उठ्छ भनी सबैलाई ब्यवसाय गर्न अनुराेध गर्नु भयाे उद्योग वाणिज्य कार्यलय सेवा गर्न तयार छ भनी सम्बाेधन गर्नु भयाे ।ब्यवसाय दर्ता गरि आएमा ५० % लागत साझेदारीमा प्रबिधि प्रदान गर्ने छाै भनी शुभकामना दिनु भयाे । कार्यक्रमकाे समापन उद्योग वाणिज्य कार्यलय चितवनका कार्यलय प्रमुख धिरेन्द्र प्रसाद पाेख्रेलकाे सभापतित्त्वमा सम्पन्न भएकाे कार्यलयका सुचना अधिकारिले जानाकारि दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *